काठमाडौ -व्यवसायिक रुपमा अत्यधिक सफल भएको सुलक्षण भारतीद्वारा निर्देशित तथा अभिनेत्री केकी अधिकारीद्वारा निर्मित नेपाली फिल्म ‘बोक्सीको घर’ को लोकप्रिय गीत ‘बुझिन मैले…’ को पुनः एक पटक चर्चामा छ ।
साढे तीन महिनाअघि यूट्युबमा अपलोड भएको यो गीतले बिहीवार तीन करोड बढी भ्यूज पाएको छ । बिहीवार दिउँ तको यो गीतमा गायिका समिक्षा अधिकारीको स्वर छ । फिल्ममा भने सबैभन्दा अन्तिममा समावेश गरिएको यो गीतमा अभिनेत्री केकी अधिकारीलाई फिचर गरिएको छ ।
गीतले युट्यूबमा पाएको सफलतासंगै अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले सामाजिक सञ्जालमा एउटा स्टाटसमार्फत सबैप्रति आभार व्यक्त गरेकी छिन् । उनले ओएसआर डिजिटलको च्यानलमा ‘बुझिन मैले…’ गीत तीन करोड भन्दा बढी पटक हेरिदिएकोमा दर्शकप्रति आभार व्यक्त गरेकी हुन् । ‘तपाईंहरुको अथाह माया र समर्थनले यो गीतलाई जीवन्तता प्रदान गरेको छ, केकीले भनेकी छिन् – ‘हाम्रो चलचित्र बोक्सीको घरको सफलतामा महत्वपूर्ण भूमिका खेलेको यो गीतलाई तपाईंहरुले आफ्नै गीत बनाइदिनु भयो। गीतभन्दा बढी एउटा भावना ठान्दिनु भयो ।’
केकीले यो विशेष अवसरमा यस गीतमा प्राण भर्ने प्रतिभाशाली गायिका समिक्षा अधिकारीलाई जन्मदिनको शुभकामना दिँदै भनेकी छिन्– ‘तपाईँको सुमधुर स्वरले ‘बुझिन मैले’ गीतमा नयाँ आत्मा भरेको छ । आगामी दिनहरुका लागि अझै बढी शुभकामना ।’