‘काली’ का लागि ‘बडि मेन्टेन’ तिर रेखा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६५८ दिन अगाडि
‘काली’ का लागि ‘बडि मेन्टेन’ तिर रेखा

काठमाडौं– अभिनेत्री रेखा थापा अहिले नयाँ फिल्मको योजनामा छिन् ।

अभिनेत्री पूजा शर्मासँगै उनी फिल्म ‘काली’ मा काम गर्न लागेको कुरा विभिन्न पटक जानकारी गराइसकेकी छिन् । पछिल्लो पटक रेखा अभिनित फिल्म ‘उपहार’ ले राम्रै व्यावसाय गरेको थियो । त्यसपछि रेखा आमा बनिन् । अहिले उनी छोरी हुर्काउनमै व्यस्त छिन् । यद्यपि, छोरी छ महिनाकी भएपछि उनी फिल्म ‘काली’ मार्फत दर्शकमाझ आउने योजना बनाइरहेकी छिन्।

फिल्ममा काम गर्नका लागि रेखाले आमा बनेपछि बढेको आफ्नो शरीरको वजन घटाउनतिर लाग्ने भएकी छिन् । उनले छोरी छ महिनाको हुनासाथ आफ्नो वजन कम गर्ने अथवा भनौँ ‘काली’ का लागि ‘बडि मेन्टेन’ अभियानमा लाग्ने बताएकी छिन् ।

त्यसो त रेखाको अहिलको वजन पनि त्यति धेरै भद्दा त छैन । प्रायः महिलाको वजन सुत्केरी अवस्थामा अत्यधिक बढेको हुन्छ, तर रेखाको वजन भने सामान्य महिलाको जस्तै देखिन्छ । रेखा चार महिना अगाडि मात्र छोरीलाई जन्म दिएकी हुन् तर उनी चार महिनाकी छोरीकी आमा झैँ लाग्दिनन् । रेखाले आफ्नो वजन अत्यधिक नबढनुको कारण पनि छोरीको हेरचाहमा व्यस्त भएकोले हो भन्ने बताउँछिन् । तर फिल्ममा देखिने भएपछि त रेखाले केहि मेन्टेन त गर्नु नै पर्छ ।