सातै प्रदेश सरकारमा शीर्ष दुई दलकै समीकरण बन्ने निश्चित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८३१ दिन अगाडि
सातै प्रदेश सरकारमा शीर्ष दुई दलकै समीकरण बन्ने निश्चित

काठमाडौं । केन्द्रमा संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको समीकरण बनेसँगै सातै प्रदेश सरकारमा शीर्ष दुई दलकै समीकरण बन्ने निश्चित भएको छ । 

दुई ठुला दलले सत्ता सहकार्यको निर्णय गरेसँगै प्रदेश सरकार निर्माणका लागि निर्णायक मानिने साना दल कमजोर हुँदै गएको पाइएको छ ।गत असार १७ गते सत्ता सहकार्य गर्ने निर्णय कांग्रेस र एमालेको निर्णय अनुसार केन्द्रमा सरकार निर्माण भइसकेको अवस्थामा प्रदेश सरकारमा समेत सरकार निर्माणको कसरत जारी छ ।कांग्रेस–एमालेबीचमै समीकरण हुने संकेत बुझेका प्रदेश सांसदहरु मन्त्री बन्ने लबिङमा केन्द्रीय राजधानी काठमाडौं केन्द्रीत भएका छन् ।

नवनियुक्त मन्त्रीहरुलाई बधाई पनि दिने बहानामा काठमाडौं उत्रिएका प्रदेश सांसदहरु मन्त्री बन्नका लागि काठमाडौंमै बसेर लबिङ गरिरहेका छन् । केन्द्रमा कांग्रेस–एमालेबीच बनेको समिकरणको नेतृत्व गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका छन् । आउँदो आइतबार बस्ने प्रतिनधि सभा बैठकमा विश्वासको मत लिने तयारी ओलीको छ । यता केन्द्रमा दुई तिहाईको सरकार बनाउन साना दललाई रिझाउन व्यस्त प्रधानमन्त्री ओली प्रदेश सरकार निर्माणका लागि पनि त्यतिकै हानथाप गरिरहेका छन् ।