काठमाडौँ - नेपाली युवा ई. प्रवीण पाठकलाई अमेरिकाको मेरील्याण्ड युनिभर्सिटीले डक्टरेट उपाधिसहित सम्मान गरेको छ ।
क्लासीक मोडेल युनिभर्सका विजेतासमेत रहेका प्रवीणलाई उक्त युनिभर्सिटीले ‘डक्टर अफ फिलोसोफी ईन ट्रान्सफरमेसनल पब्लिक स्पिकिङ एण्ड ईन्स्पिरेसनल लिडरसिप’को उपाधिबाट सम्मानित गरेको हो ।
विशेष गरेर पब्लिक स्पिकिङ र लिडरसिपका माध्यमबाट समाजमा पुर्याएको योगदानका आधारमा प्रवीणलाई उक्त युनिभर्सिटीले सम्मानित गरेको हो । बैंककमा आयोजित ‘वर्ल्ड विगेस्ट एजुकेशन कन्फ्रेन्स २०२४’ अन्तर्गत नेपाली युवा प्रवीण सम्मानित भएका हुन्।
उक्त कन्फ्रेन्समा प्रवीणसहित विश्वका ५० जनालाई सम्मानित गरिएको थियो ।
