फिस्लिङमा पहिरो: मुग्लिन–काठमाडौं सडक अवरुद्ध

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८५९ दिन अगाडि
फिस्लिङमा पहिरो: मुग्लिन–काठमाडौं सडक अवरुद्ध

काठमाडौं- पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मुग्लिन–काठमाडौं सडकखण्ड पहिरो खसेर अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिकाको फिस्लिङमा पहिरो खस्दा उक्त सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको हो । यसअघि तयारी अवस्थामा डोजर राख्ने गरिएकोमा यस बर्ष पहिरो हटाउने डोजर तयारी अवस्थामा नराखेकोले समयमा पहिरो हटाउन नसकेको र घन्टौंसम्म सवारी साधन रोकिएको स्थानीयले गुनासो गरेका छन् । अहिले डोजरले पहिरो पन्छाउने काम सुरु गरेको र केहि बेरमा सडक खुल्ने प्रहरीले बताएको छ ।