संसदमा बोल्दै सांसदहरू

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८२८ दिन अगाडि
संसदमा बोल्दै सांसदहरू

काठमाडौ -प्रतिनिधि सभाको सोमबारको बैठक सुरू भएको छ।

सभामुख देवराज घिमिरेले बैठक सुरू गर्नेबित्तिकै सत्तारूढ नेकपा (एमाले) का सांसद सूर्य थापा बोलेका छन्। साथै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले बाढी पहिरोले पुर्‍याएको क्षतिलगायत विषयमा बोलेका छन्। राप्रपा सांसद रोशन कार्की र रास्वपा सांसद हरि ढकालले संसदमा रहेका ५० जना करार कर्मचारीलाई हटाइएकोमा विरोध गरेका छन्। सहरी विकास मन्त्रालयले करारका कर्मचारी हटाएको उनीहरूको भनाइ छ।

साथै उनीहरूले पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्नमाथि कारबाही गर्न माग गरेका छन्।सभामुख घिमिरेले आकस्मिक समयमा सांसदहरूलाई बोल्न ३ मिनेटका दरले समय दिने बताएका छन्। सोमबारको बैठकमा सांसदहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम पनि छ।