विमान दुर्घटनामा १५ जनाको मृत्यु ४जनाकाे जिवितै उद्दार

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८२६ दिन अगाडि
विमान दुर्घटनामा १५ जनाको मृत्यु ४जनाकाे जिवितै उद्दार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको ९एन–एएमई (सीआरजे २००) जहाज दुर्घटनामा परेर १५ जनाको मृत्यु भएको छ भने ४ जना काे जिवितै उद्दार गरिएकाे छ।

 जसमध्ये तीन जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको केएमसीमा उपचार भइरहेको छ ।सौर्य एयरलाइन्सको जहाज धावनमार्ग छाड्नासाथ भुईमा  खसेलगत्तै आगो लागेको हाे । 

सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको खुलेको छ ।  जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो ।पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारीका लागी पाेखरा उडेकाे  बतार्इएकाे छ।

विमानमा चालक दलका सदस्यसहित १९ जना रहेका  थिए । उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । विमानस्थलबाट हुने उडान–अवतरण सबै बन्द भएको विमानस्थल स्रोतले जनाएकाे छ ।उद्धारको काम नसकिएसम्म विमानस्थल नखुल्ने भएकाले दर्जनौं उडान अवतरण प्रभावित भएका छन् ।

आन्तरिक जहाजहरुलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ भने अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट गरिएको छ