काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको परीक्षामा फेरि प्रश्नपत्र दोहोरिएको पाइएको छ ।
मानविकी तथा सामाजिक शास्त्र संकायको डीन कार्यालयले सञ्चालन गरेको स्नातकोत्तर पहिलो सेमेस्टरको संस्कृत काव्यशास्त्र विषयको प्रश्नपत्र अघिल्लो वर्षको हुबहु दोहोरिएको हो ।नेपाली केन्द्रीय विभाग प्रमुख प्रा।डा।कृष्णप्रसाद न्यौपानेले डीन कार्यालयको बद्मासीले प्रश्नपत्र दोहोरिन पुगेको बताए । ‘डीन कार्यालयले बद्मासी गरेर त्यस्तो भएको हो । हामीले दुई सेट प्रश्नपत्र बनाएर दिएका थियौं उनीहरुले प्रिन्ट गर्दा पुरानो गरेछन्’, उनले भने ।सहायक डिन किरण आचार्यलाई कसरी यस्तो भयो भनेर प्रश्न गर्दा कर्मचारीको गल्तीले यस्तो भएको भन्दै माफी मागेको न्यौपानेले बताए ।
करिब डेढ घण्टासम्म पनि डिन कार्यालयले प्रश्नपत्र दोहोरिएको विषय उपकुलपति र रजिस्ट्रारलाई जानकारी नगराएको पाएपछि आफैैंले जानकारी गराएर छानबिन गर्न अनुरो गरेको न्यौपानेले बताए ।विभागले दुई सेट प्रश्नपत्र बनाई ‘मोडरेटर’ हरुको हस्ताक्षर सहित लाहछाप गरेर पठाउँदा पनि पुरानै प्रश्नपत्र दोहोरिएपछि फोन गरेर बुझ्दा कर्मचारीमाथि आक्षेप लगाएर उम्कन खोजेको उनको भनाइ छ ।‘कसरी यस्तो भो भनेर फोन गरेपछि मैले होइन, कर्मचारीले हो भन्दै माफी माग्नुभएको छ अब त्यो माफीको पुरस्कार भिसी रजिष्ट्रारले कसरी लिनुहुन्छ थाहा छैन’, उनी भन्छन् ।
विगतमा पनि प्रश्नपत्र दोहोरिँदा कर्मचारीलाई दोष देखाएर उच्च अधिकारीहरु उम्किएको प्रा। डा. न्यौपानेले बताए ।मानविकी तथा सामाजिक शास्त्र संकायका सहायक डीन किरण आचार्यले भने मानवीय त्रुटिका कारण नहुनुपर्ने गल्ती भएको बताए ।
‘उहाँहरुले हार्डकपीसँगै सफ्टकपी ल्याउनुभएको रहेछ, सफट्कपी ल्याउनुभएको पेनड्राइपमा भएको फाइलहरु फर्म्याट गर्दा पोर सालको खोलेछ’, उनले भने ‘यो एकदमै मानवीय त्रुटि हो यसमा कसैको गल्ती छैन । भुलबश हुनै नहुने कुरा भयो ।’त्रिविका रजिष्ट्रार प्रा।डा।केदार रिजालले यो विषयमा छानबिन गर्ने तयारी भएको बताए । ‘भोलि फस्र्ट आवरमा कार्यकारिणीको बैठक बसेर यसको विषयमा निर्णय गरेर काम अगाडि बढाउँछौं ।’