सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६२७ दिन अगाडि
सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम

काठमाडौँ । सुनको मूल्य तोलामा १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४६ हजार १०० रुपैयाँ कायम भएकोमा मंगलबार मात्र १०० रुपैयाँ घटेर १ लाख ४६ हजार रुपैयाँ कायम भएको हो । 

यस्तै तेजाबी सुन तोलामा १ लाख ४५ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसैबिच सोमबार चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ कायम भएकोमा मंगलबार १ हजार ७४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।