नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले हालै मात्र पार्टीको अन्य जिम्मेवारीमा चयन हुनुभएका इन्चार्ज तथा पार्टी पोलिटव्युरो सदस्य महेश बस्नेतलाई एक कार्यक्रमका विच बिदाइ गरेको छ ।
त्यस्तै भर्खरै मात्र जारी भएको पार्टीको सर्कुलर अनुरुप संगठनको इचार्जमा केन्द्रिय सदस्य तथा युवा संघका पुर्व अध्यक्ष राजिव पहारीलाई जिम्मेवारी दिए संगै नेता बस्नेतलाई बिदाई गरिएको हो , नेता बस्नेतलाई पार्टीले भक्तपुर इन्चार्जको जिम्मेवारी दिएको छ । युवा संघको केन्द्रिय कार्यालय बिजुलीबजारमा आयोजित कार्यक्रममा नयाँ इन्चार्ज लाई स्वागत साथै निवर्तमान इन्चार्जलाई बिदाई गरिएको संगठनका अध्यक्ष क्षितिज थेवेले बताएका छन ।
लामो समय देखि इन्चार्जको जिम्मेवारीमा रहदै आएका बस्नेतले महत्वपुर्ण भुमिका निर्वाह गर्दै संगठनलाई गतिशिल र प्रगतिशिल बनाउन अहम भुमिका खेलेको प्रती अध्यक्ष थेवेले कृतज्ञता ब्यक्त गरेका छन । इन्चार्ज बाट बिदा हुँदै गर्दा सन्चारकर्मी संग कुरा गर्दै नेता महेश बस्नेतले समाज रुपान्तरणको अभियानमा युवा संघ सदैब रचनात्मक तथा शृजनात्मक ढंग बाट अघि बढ्नेमा बिश्वास व्यक्त गरे।
बस्नेतले युवा संघको इतिहास लामो र संघर्षशिल रहेको भन्दै युवा संघ सधै सडकको बाघ जस्तै गर्जेर अघि बढ्नेमा बिश्वास व्यक्त गरे । युवा संघले गरेका एक महिने बृक्षारोपण, एक महिने रक्तदान अभियान,बिपत्तिको समयमा गरेको सहयोग र राहात बितरण कार्यक्रम लगायतका देशभरी निरन्तर चलाइरहेका अभियान प्रती बस्नेतले धन्यवाद ज्ञापन गरेका छन ।



