काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० को स्थायी समिति बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको छ । बैठकमा आज सदस्यहरूले वैचारिक, राजनीतिक र साङ्गठनिक परिस्थिति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् । यसअघि हिजोको बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिघटनाक्रमबारे छलफल भएको थियो ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेका थिए ।साथै उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरूबिच भएको सहमतिबारे जानकारी गराएका थिए ।