के हो छालाको समस्या ‘एक्जिमा’ ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६२७ दिन अगाडि
के हो छालाको समस्या ‘एक्जिमा’ ?

काठमाडौँ – एक्जिमा आम रूपमा देखिने छालासम्बन्धी प्रमुख समस्या हो। 

यस अन्तर्गत विभिन्न समस्याहरू पर्छन् । जसमा छालामा जलन, रातोपना, चिलाउने, अति सानो फोका र डल्लो आउने, अलिअलि पानी बगिरहने, छाला कडा हुने जस्तो समस्या हुन्छ। छालारोग विशेषज्ञका अनुसार एक्जिमाको समस्या व्यक्तिअनुसार फरक हुन्छ । 

तर साबुन, सर्फ, माटो लगातार छुनुपर्ने व्यक्तिमा हातमा एक्जिमा हुन्छ। कसैलाई कागज, चक, कसैलाई कानमा लगाउने टपले एलर्जी हुन्छ। कतिपय व्यक्तिलाई वंशाणुगत कारणले गर्दा पनि एक्जिमाको समस्या हुन्छ। यो समस्या सानै उमेरदेखि पनि हुन सक्छ। सामान्य एक्जिमा एलर्जी गराउने वस्तुको सम्पर्कबाट टाढा रहँदा ठिक हुन्छ।  तर जटिल खालका एक्जिमाका लागि भने छाला रोग विशेषज्ञसँग भेट्नु पर्ने उनीहरुको सुझाव छ ।