जलवायु परिवर्तन असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर अघि बढौं : राष्ट्रपति पौडेल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८०८ दिन अगाडि
जलवायु परिवर्तन असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर अघि बढौं : राष्ट्रपति पौडेल

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाएको छ।जलवायु परिवर्तन असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर अघि बढौं स् राष्ट्रपति पौडेल सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनीकरणका लागि नेपाल(भारत मिलेर काम गर्नुपर्ने बताए । ‘हिमाल र पानीको सुरक्षामा नै मानवजातिको सुरक्षा निर्भर रहेकोले जलवायु परिवर्तनको असर न्यूनीकरणमा दुवै देश मिलेर काम गर्न जरुरी छ’, राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै प्रेस सल्लाहकार किरण पोखरेलले भने । राष्ट्रपति पौडेलले नेपाल भारतबीच अनादिकालदेखि जनस्तरसम्मको सम्बन्ध रहेको र नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिस्रीको कार्यकालमा दुवै देश बीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

राष्ट्रपति पौडेलले आपसी हित र समृद्धिका लागि दुई देशबीचको मित्रता र सहकार्य अझ मजबुत बनाउनुपर्छ भन्ने लागेको छ भन्दै कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत्‌, व्यापार, लगानी, पर्यटन तथा मानव संशोधन विकास नेपालको प्राथमिकता रहेको बताए । उनले नेपालमा जलविद्युत् विकास, दिगो एवम् सहज ऊर्जा व्यापारका लागि प्रशस्त संभावना रहेको उल्लेख गरे ।

सो अवसरमा भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनीकरणको विषय दुवै देशका लागि चुनौती रहेकोले यसमा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । नेपाल सरकारका कयौ योजनामध्ये ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतमा भारत पनि काम गर्न इच्छुक रहेको बताए । उनले काम अगाडि बढिरहेका आयोजना चाँडै सम्पन्न गरेर बाँकी नयाँ प्राथमिकतामा काम गर्न भारत इच्छुक रहेको पनि जानकारी दिए । नेपाल भारबीचको सम्बन्ध जति सुमधुर हुन्छ त्यति नै दुवै देशका जनताको हित हुने उल्लेख गर्दै विदेश सचिव मिस्रीले भारतले स्थिर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको पनि प्रस्ट पारेको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए ।