स्वास्थ्य मन्त्री पौडेलले सार्वजनिक गरे कार्ययोजना

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६२९ दिन अगाडि
स्वास्थ्य मन्त्री पौडेलले सार्वजनिक गरे कार्ययोजना

काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारको कार्ययोजना सार्वजनिक गरेका छन् ।

आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा आफूले प्राथमिकतामा राखेका विषयहरु र गर्ने कार्यक्रमहरुका विषयहरु सार्वजनिक गरेका हुन् ।

स्वास्थ्य मन्त्री पौडेलले सार्वजनिक गरे कार्ययोजना

मन्त्री पौडेलले मन्त्रीको जिम्मेवारी सम्हालेपछि संविधान, स्वास्थ्य क्षेत्रमा रहेका मौजुदा नीति ऐन, नियम तथा रणनीतिहरु र १६ औं योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर प्राथमिकता तथा कार्ययोजनाहरु तयार पारेको बताएका छन् । कार्ययोजना तयार पार्नुअघि मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गर्दै सुझाव संकलन गरेको बताए । उनले पूर्व स्वास्थ्यमन्त्रीहरु, पूर्व स्वास्थ्य सचिव, पूर्व महानिर्देशकहरु, पूर्व महाशाखा प्रमुखहरु, स्वास्थ्य क्षेत्रका सरोकारवाला संघ, संस्था र नियकाहरुका प्रतिनिधहरु, बहालवाला कर्मचारीहरु, अस्पताल निर्देशकहरु, सञ्चारकर्मीहरु, निजी क्षेत्र तथा विकास साझेदार सहित स्वास्थ्य क्षेत्रका विज्ञ र अनुसन्धानदाताहरुसँग छलफल गर्दै सुझावहरुलाई समेटेर कार्ययोजना बनाएको जानकारी दिए । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि इमेल र ह्वाट्सएपमा पनि सुझाव माग गरेको र त्यहाँबाट प्राप्त सुझावहरुलाई समेत समेटेको बताए ।

https://drive.google.com/file/d/1ahGgihy8lqjCBgZ1DoFTygZuHhd9odrA/view