कृषिमा भारत सरकारले गर्ने सहयोगको मुक्त कण्ठले प्रशंसा गर्छौँ :  अध्यक्ष पाठक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८०७ दिन अगाडि
कृषिमा भारत सरकारले गर्ने सहयोगको मुक्त कण्ठले प्रशंसा गर्छौँ :  अध्यक्ष पाठक

काठमाडौँ - नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले  भारत सरकारले नेपालको कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर सहयोग गर्ने हालैको प्रतिविद्धताले आफूलाई अत्यन्त खुसी तुल्याएको बताएका छन् । 

हामीले कृषि क्षेत्रमा बर्षाौँदेखि काम गर्यौँ अहिले छिमेकी मित्र राष्ट्र भारतले नेपालको कृषि क्षेत्रमा उल्लेख्य लगानी गर्ने कुराले हर्षित तुल्याएको छ, पाठकले भने । 

"हामी यसलाई स्वागत गर्छौ‌ र त्यसलाई प्रभावकारी कार्यान्वयन गराउन तत्पर छौं" अध्यक्ष पाठकले भने । भारतले कृषि प्रविधिमा फड्को मारेको छ, उसको अनुभव हाम्रा लागि सकारात्मक हो। अनुदान, सरल कर्जा, मल, कोल्ड स्टोरेज, नयाँ कृषि प्रविधि र आवश्यक कृषिजन्य क्षेत्रको सहयोगले हाम्रो आर्थिक समुन्नतिमा धेरै ठुलो आड भरोसा हुन्छ, छिमेकी राष्ट्रले हामीलाई देखाएको सदाशयता अमूल्य छ, अध्यक्ष पाठककाे प्रतिक्रिया छ । 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपालको नयाँ गठबन्धन सरकार र भारतीय प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकालको नेतृत्व गर्नु भएका नरेन्द्र मोदी सरकारको तर्फबाट नेपाल भ्रमणमा रहेको विदेश सचिव मिश्री नेतृत्वको सबैभन्दा ठुलो  प्रतिनिधि मण्डलको भ्रमणलाई दुवै देशले महत्त्व दिएका छन्।