प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८३६ दिन अगाडि
प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया आजदेखि

काठमाडौं -केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुँदैछ ।
 

सुनुवाई प्रक्रियाको प्रारम्भका लागि मंगलबार संसदीय सुनुवाइ समितिको बैठक दिउँसो सवा १२ बजे संघीय संसद भवन नयाँ बानेश्वरको शंकर हलमा बस्नेछ । परराष्ट्र मन्त्रालयले आइतबार प्रस्तावित राजदूतहरूको नाम सुनुवाइका लागि संसद सचिवालयमा पठाएको छ । सरकारले यही साउन १४ गते १८ देशमा राजदूत सिफारिस गरेको थियो ।