सत्य निरुपण विधेयकसम्बन्धी समितिको प्रतिवेदन संसदमा पेश

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८०६ दिन अगाडि
सत्य निरुपण विधेयकसम्बन्धी समितिको प्रतिवेदन संसदमा पेश

काठमाडौं- बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश प्रतिनिधि सभामा पेश भएको छ ।

मंगलवारको प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले प्रतिवेदन सभामा प्रश्तुत गरेका हुन । बैठकमा प्रतिवेदन प्रश्तुत गर्र्दै उनले विधेयक पारित गर्ने अवस्थासम्म सबै एक ठाउँमा उभिए जसरी नै पारित गरी कार्यान्वयन गर्नेसम्म एकै ठाउँमा उभिनुपर्ने बताए ।

उनले सबै राजनीतिक दलहरु एक ठाउँमा उभिए आगमी दिनमा आइपर्ने जस्तोसुकै चुनौति पनि सामना गर्न सकिने बताए । विधेयक सदनबाट सर्वसम्मतिले पारित गर्न आग्रह गर्दै पारितसँगै नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुरयाउन राम्रो कानून बन्ने बताए । विधेयक सदनबाट सर्वसम्मतिले पारित भए देशमा द्वन्द्वको अवस्था नआउने बताए ।