नेप्सेमा छलाङ- परिसूचक तीन हजार बिन्दुमाथि

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७६७ दिन अगाडि
नेप्सेमा छलाङ- परिसूचक तीन हजार बिन्दुमाथि

काठमाडौं– बिहीवार नेप्से परिसूचकले छलाङ मार्दै तीन हजार अंक पूरा गरेको छ ।

आज कारोबार भएको पहिलो चार मिनेटमा शेयर बजार ३००१.१० बिन्दुमा पुगेको हो । आज बजार खुलेलगत्तै मातृभूमि लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट लागेको थियो । बिहान ११ः१५ बजेको समयमा ६० करोड ५९ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको तथ्यांक सार्वजनिक भएको छ ।