इटहरीको तरहरामा फुटसल प्रतियोगिता, २६ टिम सहभागी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८०४ दिन अगाडि
इटहरीको तरहरामा फुटसल प्रतियोगिता, २६ टिम सहभागी

सुनसरी- सुनसरीको तरहरामा बहुप्रतिक्षित  फुटसल प्रतियोगिता बिहीबारदेखि  सुरु भएको छ । इटहरी उपमहानगरपालिका-२० स्थित तरहरामा हुने दुई दिने प्रतियोगितामा सुनसरी, मोरङ, झापा, काठमाडौँ लगायत जिल्लाका २६ टिम सहभागी छन् ।

बुधवार पत्रकार सम्मेलन गर्दै आयोजक मर्निङ फुटसल क्लब, तरहराको तर्फबाट खेल संयोजक सन्तोष श्रेष्ठले खेलको माध्यमबाट स्थानीय ठाउँको प्रवर्द्धन गर्ने उद्देश्य रहेको बताए।

प्रतियोगिताको विजेता टिमले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक सन्तोष श्रेष्ठले जानकारी दिए । यसै गरी दोस्रो हुने टिमले ५० हजार, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले पाँच हजार रुपैयाँ नगद सहित मेडल प्राप्त गर्नेछन् ।

स्वास्थ्यप्रति सचेतना अपनाउँदै स्थानीय युवाहरूलाई कुलतमुक्त बनाउनका निम्ति पनि प्रतियोगिताले भूमिका खेल्ने आयोजक कमिटीका अध्यक्ष चन्द्रकाजी गुरुङले बताए ।

सुनसरीको इटहरी उपमहानगरपालिका तरहरामा जारी फुटसल कोसी प्रदेशकै ठुलो प्रतियोगिता हो।