काठमाडौँ । नेपालभरमा हैजा संक्रमितकाे संख्या ५५ जना पुगेको छ । विभिन्न जिल्लाहरूमा थप ५ जना संक्रमित थपिएसँगै हाल देशभर हैजा संक्रमित संख्या ५५ पुगेको हो ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) शाखाका अनुसार ललितपुरमा मात्र ४१ जना हैजा संक्रमित पुष्टी भएकाे छ ।यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा ४ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।
बर्खायाममा खानेपानीमा विभीन्न खालका किटाणु जन्य वस्तुहरू मिसीएर पानी दूषित हुने सम्भावना अत्यधिक मात्रामा रहेकाे हुन्छ ।पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य अन्य रोगहरू पनि फैलिने जोखिम रहेकाे हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा विषेश ध्यान दिन आग्रह गरिएको छ ।