बाथरुममा फोन चलाउनेलाई पायल्स रोगको जोखिम उच्च

  • नेपाल विशेष
    -नेपाल विशेष
  • २२ दिन अगाडि
बाथरुममा फोन चलाउनेलाई पायल्स रोगको जोखिम उच्च

काठमाडौ -पछिल्ला पुस्तामा मोबाइल फोनको लत निकै छ ।

मोबाइल फोन बिना अहिलेका पुस्ताहरू शौचालय बस्न समेत नसक्ने अवस्थामा पुगिसकेका छन् । मानिसहरू हर समय मोबाइलमै झुण्डिरहेका हुन्छन् । बिहान उठे देखि बेलुका नसुतेसम्म मानिस मोबाइलमै व्यस्त हुन्छन् । अचेल मोबाइल फोन मान्छेको दिनचर्याको अनिवार्य हिस्सा भइसक्यो । खाना खाँदा, बाटोमा हिँड्दासमेत कतिपय मोबाइलमै झुन्डिरहेका हुन्छन् । शौचालयमा फोन प्रयोग गर्ने मान्छे धेरै छन्।

हालसालै ब्रिटेनमा डाटा कम्पनी ‘युगभ’ले मोबाइल फोन प्रयोगसम्बन्धी एउटा सर्वेक्षणमा गरेको थियो । सर्वेक्षणमा सहभागी ५७ प्रतिशतले  शौचालयमा फोन प्रयोग गर्ने भेटिएको छ ।आठ प्रतिशतले मोबाइल फोन नबोकी शौचालय छिर्दै नछिर्ने देखिएको छ । तर हाम्रो यस्तो बानी स्वस्थको दृष्टिकोणले हानीकारक हुने डाक्टरहरूले बताएका छन् । शौचालयमा फोन चलाउँदा अन्य समस्यासँगै पाइल्स हुने सम्भावना अत्यधिक रहन्छ । मोबाइल बोकेर शौचालय छिरेपछि धेरै बेर बसिन्छ । फोनले शौचालय प्रयोगको समय लम्ब्याउँछ । यसकारण शौचालयमा फोन चलाउने बानी अस्वस्थ भएको विज्ञहरू बताउँछन् ।