नागढुङ्गा नजिकै पहिरो, मुग्लिङ–काठमाडौं सडक अवरुद्व

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८२८ दिन अगाडि
नागढुङ्गा नजिकै पहिरो, मुग्लिङ–काठमाडौं सडक अवरुद्व

काठमाडौं -नागढुङ्गानजिकै पहिरो खसेपछि अहिले मुग्लिङ–काठमाडौं सडक अवरुद्व भएको छ ।

झ्याप्ले खोलमा खसेको पहिरो अहिले पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएपछि दुई पाङ्ग्रे सवारी साधन खानीखोलाबाट नागढुङ्गा निस्कन सक्ने र चार पाङ्ग्रे सवारी साधन धार्केबाट सितापाईला निस्कन सकिने हुनाले धेरै सवारी साधनले बैकल्पिक मार्ग गरिरहेको प्रहरीले जनाएको छ । ठूलो पहिरो खसेकोले पहिरो पन्छाएर सडक सुचारु गर्न अझै केहि समय लाग्ने प्रहरीले बताएको छ ।