नागढुंगा गएको पहिरो पन्छाउने काम सुरू

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७६२ दिन अगाडि
नागढुंगा गएको पहिरो पन्छाउने काम सुरू

काठमाडौँ । काठमाडौँ उपत्यकाको मुख्य नाका नागढुंगा नजिकै राजमार्ग अवरुद्ध हुने गरि गएको पहिरो पन्छाउने काम सुरू भएको छ ।  

आज बिहान नागढुंगा नजिकै ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार नागढुंगाको नाग मन्दिर नजिक ठूलो पहिरो खसेकाले दुईतर्फ नै आउ–जाउ बन्द भएको थियाे ।बेला–बेला पहिरो झर्ने क्रम जारी नै रहेकाले पहिरो पन्छाउन केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।