प्रधानमन्त्री सँग दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले गरे शिष्टाचार भेट

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७९८ दिन अगाडि
प्रधानमन्त्री सँग दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले गरे शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले शिष्टाचार भेट गरेका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा आर्थिक, व्यापार लगानी, पर्यटन आदि दुईपक्षीय हितका विविध विषयमा  सहयोग आदानप्रदान गर्न छलफल भएको थियो । भेटमा प्रधानमन्त्री ओलीले नेपालको विविध क्षेत्रको विकासमा दक्षिण कोरियाको सहयोग निरन्तर रहने विश्वास व्यक्त गरेका छन् । यस्तै राजदूत पार्कले प्रधानमन्त्री ओलीको कार्यकाल सफलताको कामना गरेका छन् । भेटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोका कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीको सहभागिता थियो ।