कविता 'पैसा...'

  • नेपाल विशेष
    -नेपाल विशेष
  • १८ दिन अगाडि
कविता  'पैसा...'

पैसा

तिमी अजंग छौ

डरलाग्दो छौ,

कोही बेला बाघ जस्तो

कोही बेला सिंह जस्तो

मान्छेलाई उठ भन्दा उठ

बस भन्दा बस

थरर कमाउँछौ

पैसा...

कुबाटो कुदाउँछौ

कुबुद्धि सिकाउँछौ

गर्ने पनि गराउँछौ

नगर्ने पनि गराउँछौ

मान्छेलाई,

अभिमानी बनाउँछौ

 

पैसा...

तिमी कति निर्दयी छौ

निमुखालाई छेदन गर्छौ

मिल्ने प्रवृत्ति सँग,

घाँटीमा घाँटी जोड्छौ

सोझा सिधाहरूलाई 

निर्ममता साथ,

समाप्त  पारी छाड्छाै

 

पैसा...

कति  तुजुक देखाउँछौ

संसार हल्लाउँछु भन्छौ

मेरो कब्जामा छ भन्छौ

कमजोर लाई दबाउँछौ

तिम्रो यो अहङ्कार,

कहिले सम्म टिकाउँछौ ?