बंगलादेशलाई हराउँदै नेपाल समुह विजेता

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७९७ दिन अगाडि
बंगलादेशलाई हराउँदै नेपाल समुह विजेता

काठमाडौं– साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत बिहीवार दिउँसो खेलिएको समूह ‘ए’ को अन्तिम खेलमा घरेलु टोली नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

यो जीतसंगै नेपालले सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलिएको यो खेलमा विजयी हुँदै नेपाल समुह विजेतासमेत बनेको हो । श्रीलंका दुई खेलमा पराजित भएसँगै समूह ‘ए’ बाट बंगलादेशलाई हराउँदै नेपाल समुह विजेता बनेको हो । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई १–० गोलले पराजित गरेको थियो । समूह ‘ए’ को अन्तिम खेलमा तीनै गोल पहिलो हाफमा सम्भव भएको हो । पहिलो हाफको १५ औँ मिनेटमा नेपाली टोलीले सुरुवाती अग्रता बनाएको थियो । निराजन धामीको गोलमा नेपालले अग्रता बनाएलगत्तै १६ औँ मिनेटमा समिर तामाङको गोलमा नेपालले अग्रता दोब्बर पारेको थियो।

पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले एक गोल फर्कायो । इस्लामको गोलमा बंगलादेशले खेलमा २–१ को अवस्थामा ल्याएको थियो । नेपालसंग आजको खेलमा हारे पनि बंगलादेश समूह उपविजेताको रुपमा सेमीफाइनलमा पुगेको छ । समूह ए बाट दुई खेलमा पराजित भएको श्रीलंका भने समूह चरणबाटै बाहिरिसकेको छ। नेपालले अब सेमिफाइनलमा समूह बी को उपविजेता टोलीसँग खेल्नेछ भने बंगलादेशले भने समूह ए को विजेतासँग खेल्नेछ । समुहमा ‘बी’ मा रहेका भारत, भुटान तथा मालदिभ्स तीनै टोलीको सेमिफाइनल पुग्ने सम्भावना बराबरी छ ।

समूह बी को अन्तिम खेलमा भोलि शुक्रवार भारत र मालदिभ्स खेल्नेछन् । यो खेलपछि सेमिफाइनल समिकरण पूरा हुनेछ । समूह बी मा भारत र भुटानले समान एक खेल जितेका छन् भने भारत र मालदिभ्सले एक खेल खेल्न बाँकी छ । भोलिको खेलमा भारतले मालदिभ्सलाई पराजित गरेमा भुटानले सेमिफाइनलको यात्रा तय गर्नेछ ।