पोखरादेखि काठमाडौंका लागि छुटेको बस मर्स्याङ्दी नदीमा खस्याे

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ६०७ दिन अगाडि
पोखरादेखि काठमाडौंका लागि छुटेको बस मर्स्याङ्दी नदीमा खस्याे

पोखरा । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ ।

आज बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको छ । बस नदी किनारमा कच्याककुचुक भएको छ ।घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ । घटनास्थल भिरालो र अप्ठ्यारो भएकाले उद्धारकर्ता डोरीको सहायताले बस भएको स्थानसम्म पुगेर उद्धारमा सक्रिय छन् । उक्त बसमा करिब ४० जना यात्रु रहेकाे र दुर्घटनाको कारण भने अझै नखुलेको प्रहरीले बताएका छन  ।