मुस्ताङमा हिमपहिरो - ९ परिवारलाई सुरक्षित ठाउँमा सारियो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८२५ दिन अगाडि
मुस्ताङमा हिमपहिरो - ९ परिवारलाई सुरक्षित ठाउँमा सारियो

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर–२ स्थित कोबाङमा हिमपहिरोका कारण बोक्सिखोला थुनिएको छ ।

पहिरोका कारण बोक्सिखोलाको ८० प्रतिशत बहाव रोकिदिएको मुस्ताङका डीएसपी भोजराज पाण्डेयले  बताए । पहिरोले रोकेको पानीका कारण ठुलो ताल नबनेको तर, पहिरोमा पानी सोसिएर बसेको छ । नदी रोकिएको ठाउँभन्दा तल रहेका ९ घर परिवारलाई  त्यहाँबाट सुरक्षित स्थलमा सारिएको डीएसपी पाण्डेले बताए । उनले भने, ‘सम्भावित दुर्घटनाबारे हामीले सचेतना अपनाएका छौँ ।’