भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७९४ दिन अगाडि
भुटानलाई पराजित गर्दै नेपाल फाइनलमा

काठमाडौं– घरेलु टोली नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

आइतवार भएको सेमीफाइनलमा नेपालले भुटानलाई टाइब्रेकरमा ४–१ गोलले हराउँदै फाइनलमा पुगेको हो । नेपालको जीतका लागि गोलकीपर जियारेथ शेखले शानदार प्रदर्शन गरे । शेखले दोस्रो र तेस्रो प्रहार लगातार रोकेका थिए भने नेपालको चौथो प्रहार आफैँले गर्दै गोल गरे । जियारेथअघि नेपालले प्रारम्भका तीन वटै प्रहारमा गोल गरेको थियो ।

दोस्रो हाफमा कुशल देउवालाई सब्स्टिच्युट गरिएपछि कप्तानीको जिम्मा गोलकिपर शेखले पाएका थिए । निर्धारित समयको खेल १–१ गोलको बरारबीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । एन्फा कम्प्लेक्समा भएको खेलमा सुरुवाती अग्रता भुटानले लिएको थियो । भुटानका जेत्सुएन दोर्जेले ५५औँ मिनेटमा गोल गरेका थिए । उनले डी बक्स बाहिरबाट फस्ट बार च्यापेर गरेको प्रहार गोल भएको थियो । ७८ औँ मिनेटमा नेपालका निराजन धामीले गोल गरे । उनले एयर बलमा डीबक्सभित्रबाट हेडमार्फत गोल गरेका थिए । अब भोलि हुने भारत र बंगलादेशबीचको खेलको विजेतासँग नेपालले उपाधि भिडन्त गर्नेछ ।