‘म रवि लामिछाने क्लबबाट निष्काशित भएको हुँ, पार्टीबाट होइन’- डा. मुकुल ढकाल

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८२१ दिन अगाडि
‘म रवि लामिछाने क्लबबाट निष्काशित भएको हुँ, पार्टीबाट होइन’- डा. मुकुल ढकाल

काठमाडौं– नेता डा। मुकुल ढकालले आफू रवि लामिछाने क्लबबाट निष्काशित भएको प्रतिक्रिया दिएका छन् ।

रास्वपाले साधारण सदस्यसमेत नरहने गरि पार्टीबाट निष्काशित गरेपछि प्रतिक्रिया दिँदै डा।ढकालले आफू रवि लामिछाने क्लबबाट निष्काशित भएको र आफूलाई पार्टीबाट निष्काशित गर्ने अधिकार क्लबलाई नरहेको बताएका हुन् । उनले भनेका छन्– ‘रवि लामिछाने क्लवबाट निस्काशित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्काशन गर्ने अधिकार क्लवलाई छैन । न्यायिक निकायले क्लवको कारवाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनपर्छ ।’ढकालले सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडको बताउँदै आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेको आरोप लागाएका छन् । मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले निलम्बित महामन्त्री डा। मुकुल ढकाललाई पार्टीको साधारण सदस्यता समेत नरहनेगरी निष्काशन गरेको छ । मंगलवार बिहान बसेको केन्द्रीय समिति बैठकले पार्टी अनुशासन आयोगको सिफारिसका आधारमा ढकाललाई पार्टीको साधारण सदस्य नरहनेगरि निष्काशन गरेको पार्टी सहप्रवक्ता मनिष झाले जानकारी दिए । उनले भने, पार्टीका पूर्व महामन्त्री डा। मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट कारबाही गर्ने कि नगर्ने भन्ने छलफलहरु भयो । पार्टीको अनुसाशान आयोगले उहाँलाई कारबाही गर्ने भनेर गरेको सिफरिसको आधारमा समेत नरहनेगरि पार्टी नियम ५६ को उपनियम ३ बमोजिम र राजनीतिक दलसम्बन्धी ऐनका आधारमा निष्काशन गरेका छौं ।’

पार्टी अनुशासन आयोगले ढकाललाई कारबाहीका लागि आवश्यक प्रमाणसहित साधारण सदस्यबाट पनि निकाल्नुपर्ने सिफारिस गरेको झाले बताए । पार्टीविरुद्ध लागेको भन्दै निलम्बनमा परेका महामन्त्री ढकाललाई रास्वपाले पटक–पटक स्पष्टीकरण सोधेको थियो । मंगलवार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्काशित गरेको छ ।