ओली नेतृत्वको सरकार हावा भरिएको बेलुन हाे कुन दिन फुट्छ निश्चित छैन:सांसद घर्ती

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८२१ दिन अगाडि
ओली नेतृत्वको सरकार हावा भरिएको बेलुन हाे कुन दिन फुट्छ निश्चित छैन:सांसद घर्ती

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्ती मगरले  केपी ओली नेतृत्वको सरकार हावा भरिएको बेलुन भएको र कुन दिन फुट्ने निश्चित नभएको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले अहिलेकाे सरकारको नैतिकता र कुसलता उदाङ्गो भएको     बताएका छन । विभिन्न खालकाे  घटनाक्रमले त्याे देखाइसकेको पनि उनले दाबी गरे । 

‘बेचन झा र प्रतीक थापा पक्रने डीआईजी मनोज केसी सरुवामा, गिरिबन्धुमा सरकारको बचाउ, बक्यौता नर्तिने उद्योगमा प्राधिकरण प्रमुखलाई लाइन जोड्न प्रधानमन्त्रीको फर्मान, अपराध कार्यमा संलग्नहरूलाई प्रदेश सरकारको मन्त्री बनाउने जस्ता घटनाले सरकारको नैतिकता र कुशलता उदाङ्गो बनाउँछ,’ उनले भने । 

सांसद घर्तीले प्रशासनिक सङ्घीयता सम्बन्धी सङ्घीय निजामती ऐन पारित हुन नसकेको बताए । उनले यही अधिवेशनमा निजामती ऐन, शिक्षा ऐन, प्रहरी ऐन पारित गरेर देखाउन पनि चुनौती दिए ।