अस्ट्रेलियाको बिग बाश लिगको ड्राफ्टमा सन्दीप र ललित

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७९१ दिन अगाडि
अस्ट्रेलियाको बिग बाश लिगको ड्राफ्टमा सन्दीप र ललित

 काठमाडौ -अस्ट्रेलियाको चर्चित टी-२० लिग बिग बाश लिगको खेलाडीको ड्राफ्ट सूची सार्बजनिक भएको छ ।

सेप्टेम्बर १ मा हुने खेलाडीको ड्राफ्टको लागि विभिन्न देशका ४३२ विदेशी खेलाडीको ड्राफ्ट सूची सार्बजनिक गरिएको छ । यस ड्राफ्टमा नेपालका दुई खेलाडी रहेका छन् । नेपालका स्पीनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजबंशीलाई ड्राफ्टमा सामेल गरिएको छ । अब सेप्टेम्बर १ मा यसै सूचीबाट विभिन्न ८ फ्रेन्चाइजीले खेलाडीको चयन गर्ने छन् । बिग बास लिगमा खेलाडीलाई चार तहमा बिभाजन गरिएको छ ।

प्लाटिनममा रहेका खेलाडीले बढीमा ४ लाख २० हजार डलरसम्म पारिश्रमिक पाउछन् भने गोल्डमा रहेका खेलाडीले ३ लाख डलरपारिश्रमिक पाउछन् । त्यस्तै सिल्भरमा रहेका खेलाडीले २ लाख डलर र ब्रोन्जमा रहेका खेलाडीले एक लाख डलरसम्म पारिश्रमिक पाउछन् । नेपालबाट अहिलेसम्म सन्दीप लामिछानेले मात्र बिग बाश लिग खेलेका छन् । सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट खेलेका छन् भने एक सिजन होबर्ट हुरिक्यान्सबाट खेलेका छन् ।