योगेश भट्टराईले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गरको सांसद लामाकाे आरोप

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७९० दिन अगाडि
योगेश भट्टराईले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गरको सांसद लामाकाे आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामाले एमालेका सचिव योगेश भट्टराईले जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर जस्तो  हिंसात्मक गतिविधि गरेका आरोप लगाएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सचिव भट्टराई आफैं हिंसा गर्ने नाइके भएर जनयुद्धलाई हिंसा भन्नु गैर जिम्मेवारी भएको बताए । उनले भने, ‘२००७ साल, २०२८ सालको विद्रोह, ०५२ सालको सशस्त्र जनयुद्धसबै  एकात्मक शासन प्रणालीविरुद्ध लडेको मुक्ति युद्ध र जनताको आवाज हुन् । जो जनमुक्ति र वर्गमुक्तिको संघर्षको बिगुल फुक्ने आँट प्रचण्डसहित सबै नेताहरुमा सम्मान छ ।  तर, जनयुद्धको नाममा चन्दा असुलेर हतियार तस्कर गर्ने, आफैं हिंसाको गतिविधि गर्ने नाइकेले महान जनयुद्धलाई हिंसा भन्नु गैर जिम्मेवारी हो ।’