तडकभडक गरी तीज नमनाउन काठमाडौं प्रशासनकाे आग्रह

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८१९ दिन अगाडि
तडकभडक गरी तीज नमनाउन काठमाडौं प्रशासनकाे आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन सूचना जारी गरेको छ ।

प्रशासनले बिहीबार एक सूचना जारी गरेर तडकभडक सहित खर्चिला कार्यक्रम नगरी तिजलाई साधारण तरीकाले मनाँउनकाे लागी आग्रह गरेको हो ।‘विगतका तुलनामा हालका वर्षहरुमा तीज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला कार्यक्रम बढ्दै गएको देखिएको छ’, प्रशासनले सूचना मार्फत भनेको छ ।

सूचना विपरीत हुने कार्यक्रम भएमा सामाजिक व्यवहार सुधार ऐनअनुसार कारबाही गर्ने समेत प्रशासनले चेतावनी दिएको छ ।