काठमाडौँ - अभिनेता पल साहले निर्देशक सुदर्शन थापा आफ्नो ठुल्दाइ जस्तै भएको बताएका छन् । चलचित्र रावायण प्रचारमा व्यस्त अभिनेता साहले निर्देशक थापाको प्रशंसा गर्दै यस्तो बताएका हुन् ।
आइतबार नेपाल विशेषसँग विशेष कुराकानी गर्दै अभिनेता साहले भने,‘सुदर्शन थापा मेरो ठुल्दाइ जस्तै हो । उहाँ मेरो अभिभावक हो र मेरो साथमा उहाँ हुनासाथ पूरा ढुक्क हुन्छु ।’ कुराकानीका क्रममा उनले थपे,‘सुदर्शन दाईले हरेक पटक भन्नु हुन्छ– “म फिल्मकै लागि जन्मिएको हो। मलाई अरू केही आउँदैन र गरेको पनि छैन। यही क्षेत्रमा दुःख गर्छु। बरु घर खेत बेच्नु परे बेच्छ तर पनि मेरो जीवन यही नै हो।”
पल साहले यही भदौ २१ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र रावायण सन् २०२२ मा रिलिज भएको चलचित्र म यस्तो गीत गाउँछु-२ लगायतमा मा सुदर्शन थापासँग काम गरिसकेका छन् । काम गरेको अनुभवकै आधारमा पनि पलले सुदर्शनलाई आँखा चिम्लिएर विश्वास गर्न मन लाग्ने पनि बताए ।
निर्देशक थापालाई लिएर अभिनेत्री पूजा शर्माले पन आफूमा सकारात्मक ऊर्जा प्राप्त हुने बताइन् । उनले चलचित्र रामायणमा भरपुर काम गरेको र दर्शकका लागि एउटा उत्कृष्ट फिल्मी प्याकेजका रूपमा रावायण ल्याइएको दाबी पनि गरिन् ।
भिडियो पनि हेर्नुहोस्