ऐनका लागि तयार दफाहरु सबैलाई जानकारी हुनुपर्छ-सोबिता गौतम

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७८६ दिन अगाडि
ऐनका लागि तयार दफाहरु सबैलाई जानकारी हुनुपर्छ-सोबिता गौतम

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले ऐनमा स्पष्ट भएको दफा र बुँदाहरु समितिका सदस्यहरुलाई थाहा हुनुपर्ने बताएकी छन् ।

सोमबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले दफाहरु बुँदामा टेकेपछि समिति सदस्यहरुलाई थाहा हुनुपर्ने बताएकी हुन् । उनले  भनिन्, ‘हामीले ऐनमा स्पष्ट पारेको दफा वा बुँदामा टेकेर जुनजुन कुरामा प्रत्यायोजित विधायनको मस्यौदा गरेका छौं त्यो सदस्यहरुलाई थाहा हुनुपर्यो । थाहा गराउने व्यवस्था छ की छैन ? ’साथै उनले प्रत्यायोजित विधायनमा रहेका शूल्कका कुराहरु र कार्यविधिका कुराहरु चित्त नबुझे सुझाव दिने ठाउँ हुनुपर्ने बताइन् ।