परराष्ट्रमन्त्री राणाले भनिन्- राजदूत नियुक्ति समावेशी भएन, आई-एम सरी

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८१४ दिन अगाडि
परराष्ट्रमन्त्री राणाले भनिन्- राजदूत नियुक्ति समावेशी भएन, आई-एम सरी

काठमाडौँ -  परराष्ट्रमन्त्री आरजु राणा देउवाले राजदूत सिफारिस समावेशी नभएकोमा माफी मागेकी छन्। 

मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा बोल्दै राजदूत सिफारिस समावेशी नभएको भन्दै माफी मागेकी हुन्। ‘राजदूत नियुक्ति समावेशी भएन । अर्को नियुक्तिमा दलित र मुस्लिमलाई ल्याउने छौं,’ उनले भनिन्, ‘यसपटक आएन आई९एम सरी।’उनले शंकर शर्मालाई पुनस् राजदूत नियुक्ति गरेको कारणबारे पनि स्पष्टीकरण दिएकी छन्। ‘भारतमा शर्मालाई हामीले कार्यदक्षताका कारण फेरि नियुक्त गरेका हौं। पहिलोले बनायो दोस्रो सरकारले हटायो तेस्रोले फेरि नियुक्त गरेको हो,’ उनले भनिन्।