रोनाल्डोले कीर्तिमानी ९ सय गोल पूरा गरे

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७८२ दिन अगाडि
रोनाल्डोले कीर्तिमानी ९ सय गोल पूरा गरे

 काठमाडौँ-  फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले माथिल्लो स्तरमा ९ सय गोल पूरा गरेर कीर्तिमान राखेका छन् ।

पोर्चुगलका राष्ट्रिय फुटबल टोलीका कप्तान  रोनाल्डोले नेसन्स लिगमा बिहीवार क्रोएसियालाई २-१ ले हराउँदा रोनाल्डोले दोस्रो गोल  गरेपछि ९ सय गोल पूरा गर्दै कीर्तिमान राखेका हुन । पोर्चुगलका लागि खेल्न थालेको २० वर्षपछि रोनाल्डोले  राष्ट्रिय टोलीका लागि भने १ सय ३१ औं गोल पूरा गरेका छन् । रोनाल्डोले ९ सय गोलको कीर्तिमानका लागि स्पोर्टिङ लिस्बनबाट ५, म्यानचेस्टर युनाइटेडबाट १ सय ४५, रियल म्याड्रिडबाट ४ सय ५० , युभेन्टसबाट १ सय १ र अहिले साउदी अरबको अल नासरबाट ६८ गोल गरेका छन ।