खाली खुट्टा हिड्नु स्वास्थ्यका लागि कति फाइदाजनक ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ५९९ दिन अगाडि
खाली खुट्टा हिड्नु स्वास्थ्यका लागि कति  फाइदाजनक ?

एजेन्सी- मानव जीवन शैलीमा पछिल्लो समय जुत्ता वा चप्पल विनाकाे हिडाइ प्राय असम्भव छ । तर, विना जुत्ता वा चप्पल खाली खुट्टा हिड्नु पनि स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

खाली खुट्टा अर्थात नांगै पैताला हिँड्दा पैतालामा भरपूर मात्रामा अक्सिजन प्राप्त हुन्छ । यसले रक्तसञ्चार सहज गराएर थकान कम गराउँछ ।

खाली खुट्टा बिहान हरियो घाँसमा हिँड्दा फाइदा हुने कुरा त सुन्नुभएकै होला तर, खाली खुट्टा जमिनमा हिँड्दा पनि कैयौँ फाइदा हुने अध्ययनले देखाएको छ । विशेषज्ञहरूले यसलाई ‘अर्थिङ सिद्धान्त’ नाम दिएका छन् ।

प्रकृतिको सम्पर्कमा नांगो पैताला पैदल हिँड्नेहरूमा रक्तचाप र तनाव नियन्त्रित गर्ने हर्मोन सन्तुलित हुने एक अध्ययनले देखाएको छ । लन्डनको वेस्टर्न युनिभर्सिटीका हेल्थ लेक्चरर गिलियन मेन्डिचका अनुसार जमिनमा पाइने कतिपय लाभदायी ब्याक्टेरियाले तनाव कम गर्ने प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छन् ।

खाली खुट्टा जमिनमा हिँड्दा मांसपेशी सक्रिय हुने, धर्तीको पूरा ऊर्जा शरीरमा सञ्चारित हुने जस्ता फाइदा पुग्ने विज्ञहरू बताउँछन् । यसबाट जोर्नीको दुखाइ, अनिद्रा र मुटुसम्बन्धी समस्यामा कम हुने विज्ञहरुको तर्क छ ।