उपसभापति गुरुङ र उपसभामुखका विषयमा निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ८०६ दिन अगाडि
उपसभापति गुरुङ र उपसभामुखका विषयमा निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक

काठमाडौँ- पछिल्लो राजनीतिक अवस्था एवं उपसभामुखको विषयमा निर्णय गर्न नेपाली कांग्रेसको पदाधिकारी, पूर्व पदाधिकारी र पार्टीका शीर्ष नेताहरुको बैठक सुरु भएको छ ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केहीबेर अघि बैठक सुरु भएको सो पार्टीले जनाएको छ । उक्त बैठकले पछिल्लो विकसित घटनाक्रमबारे छलफल गर्ने र आवश्यक निर्णय लिने जनाइएको छ । हालै कांग्रेस उपसभापति धनराज गुरुङको नाम सहकारी ठगीमा जोडिएकाले सो विषयमा पनि छलफल हुने बताइएको छ ।