काठमाडौ - बागलुङमा भएको पुथा उत्तरगंगा गाउँपालिकाको पिकअप भ्यान दुर्घटनामा मृतक सबैको शव सङ्कलन गरिएको छ ।
दुर्घटनामा २ महिला र १ पुरुषको मृत्यु भएको छ । भेटिएको शव मध्ये एउटा सोही गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्र बुढाको भएको पुष्टि भएको छ । बाँकी शवको पहिचान हुन सकेको छैन । उनीहरूको शव नगर अस्पताल हरिचौर पठाइएको छ भने घाइतेलाई उपचारका लागि धवलागिरि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।