गिरीबन्धुकै मुद्दा उठाउँदा सत्ताबाट हट्नु परेको प्रचण्डको भनाइ

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७७३ दिन अगाडि
गिरीबन्धुकै मुद्दा उठाउँदा सत्ताबाट हट्नु परेको प्रचण्डको भनाइ

 काठमाडौ – पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गिरी बन्धुकै मुद्दा उठाउँदा सत्ताबाट हट्नु परेको बताएका छन् ।

झापाको बिर्तामोडमा बसपार्क समन्वय समितिको ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा प्रचण्डले त्यस्तो बताएका हुन् । सर्वोच्च अदालतले गिरीबन्धुुको स्वामित्वमा रहेको ३४३ बिगाहा जमिनको सट्टा पट्टादिने निर्णय उल्टाएको छ ।  उक्त मुद्दाको पुर्णपाठमा २०६१ सालमा सट्टा–पट्टामा दिने निर्णय गरिएको सुदर्शन गिरीको स्वामित्वको ५१ बिगाहा जमिनलाई पनि गिरीबन्धुकै जमिनका रुपमा गणना गर्नु भन्ने उल्लेख छ।अदालतको उक्त आदेशपछि तत्कालीन अवस्थामा किनबेच भएको उक्त जमिनको कारोबारमा मालपोत कार्यालयले रोक लगाएको छ । जमिनको कारोबारमा रोक लगाएपछि त्यहा रहेका ५ सयभन्दा बढी घरधुरी अन्यौलमा परेका छन् ।

उनीहरूले मन्त्रीस्तरबाट निर्णय भएर लामो समयदेखि कारोबार भईरहेको उक्त जमिनको विषयमा उत्पन्न अन्यौलता अन्त्य गर्न माग गर्दै प्रचण्डको ध्यानाकर्षण गराएका हुन् । ज्ञापनपत्र बुझ्दै प्रचण्डले बिर्तामोड बसपार्कको जमिनमाउत्पन्न समस्याको बारेमा जानकार रहेको बताएका छन् ।उनले यिनै मुद्दा उठाउदा सत्ताबाट हट्नुपरेको भन्दै समस्या समाधानकालागि सकारात्मक रहेको धारणा राखेका थिए ।