उपसभामुखको विषयमा प्रधानमन्त्रीले भने– प्रस्तावै नआएको विषय संसदमा उठ्यो

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७७२ दिन अगाडि
उपसभामुखको विषयमा प्रधानमन्त्रीले भने– प्रस्तावै नआएको विषय संसदमा उठ्यो

काठमाडौ -प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदमा प्रस्ताव नै नआएको विषयमा छलफल गरेर आलोचना गरिएको बताएका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जानुअघि सोामबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदमा भएको छलफल हेरेर आफू अचम्मित भएको बताए। उपसभामुख इन्दिरा रानाको नाम नलिई ओलीले भने, ‘उठ्दै नउठेका कुराहरूमा, प्रस्तावै नआएको कुराहरूमा छलफल कसरी चलेको हो त्यो मैले बुझेको छैन । प्रस्ताव पनि आएको छैन, छलफल पनि भएको छैन, कसैले विषय उठान नै गरेको छैन। उठान नै नगरेका विषयमा उत्पातै । म हेरिरहेको थिएँ– के भएको होला १’

एमाले र कांग्रेसको गठबन्धन सरकारले संवैधानिक परिषदमा बहुमत पुर्‍याउन उपसभामुखलाई महाभियोग लगाई हटाउने तयारी गरेको विषयमा भएको छलफलका विषयमा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।  उनले थपे, ‘कहीँ कसैले कुरा गरे अरे भनेको सुन्दा के कुरा गरेको थियो, किन यस्तो कुरा गर्‍यौ रु कस्तो हो त्यो ? संसदमा कुरा उठ्छ, के विषय हो भनेर यसो के रहेछ भनेर सोध्न पनि नपाउने ?’