काठमाडौ -प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना औपचारिक भ्रमणका लागि आज रसिया प्रस्थान गरेकी छिन्।
रसियाको सेन्टपिटर्सबर्ग सहरमा असोज २ देखि आयोजना हुने कार्यक्रममा भाग लिन उपसभामुख राना मंगलबार फ्लाई दुबईको बिहान ९ बजेको उडानबाट रसिया भ्रमणमा गएकी हुन् । उपसभामुख राना रसिया र स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डलको अन्तरसंसदीय विधान सभाको आयोजनामा असोज २ देखि ४ गते ९सेप्टेम्बर १८–२००सम्म सञ्चालन हुने चौथो युरेसियन महिला फोरममा सहभागी हुने कार्यक्रम छ ।
उनले उक्त फोरमलाई सम्बोधन गर्नेछिन् । सकेर उपसभामुख राना असोज ५ गते ९सेप्टेम्बर २१०मा स्वदेश फर्कने कार्यक्रम छ ।