काठमाडौं - नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानाडा शृंखलाको दोस्रो खेलमा बुधबार ओमानको समाना गर्दैछ ।
खेल क्यानाडाको ओन्टेरियोमा नेपाली समयअनुसार बेलुकी ८ः४५ बजेबाट सुरुहुने छ ।
नेपाल पहिलो जितको लक्ष्यमा छ । पहिलो खेलमा नेपाल क्यानाडासँग १०३ रनले पराजित भएको थियो। एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल र ओमानबीच सात खेल भएका छन् । जसमा ओमानले चार र नेपालले तीन जित निकालेका छन् ।
पछिल्लो दुई खेलमा ओमानलाई पराजित गरेको नेपाल आज पनि त्यसलाई कायम राख्ने सोचमा हुनेछ ।