सुनको मूल्य हालसम्मकै उच्च

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७६५ दिन अगाडि
सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं  ।  साताको  पहिलो  कारोवार  दिन आइतबार  सुनको  मूल्य हालसम्मकै  उच्च बिन्दुमा पुगेको  छ ।

आज छापावाला सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य १ हजार सात सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले  बढेकोे छ । शुक्रबार प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज भने १ हजार ९ सय २० रुपैयाँ निर्धारण भएको छ ।