काठमाडौ -आठ दिनसम्म मनाइने उपत्यकाको मुख्य जात्रा इन्द्रजात्रा सकिएको छ ।
शनिबार वसन्तपुर क्षेत्रमा विधिवत् रूपमा लिंगो ढालेपछि जात्रा सकिएको हो । २९ भदौदेखि औपचारिक रूपमा वसन्तपुरस्थित हनुमानढोका क्षेत्रमा सुरु भएको जात्रा अन्तिम दिन महिलाहरूले रथ तानेर समापन गरिएको हो । विगतमा पुरुषहरूले मात्र रथ तान्ने प्रचलन रहेकामा ०६९ देखि महिलाले पनि तान्न थालेका हुन् ।
जसलाई नेवारी भाषामा नानीचायाः भनिन्छ । शनिबार बेलुकी कुमारीघरमा पुगेर राष्ट्रपतिले कुमारीको दर्शन गरी कुमारीबाट टीका–प्रसादसमेत ग्रहण गरेका छन् । राष्ट्रपति फर्किएपछि लिंगो ढालेर इन्द्रजात्रा समाप्त गरिएको हो । आठ दिनसम्म मनाइने उपत्यकाको मुख्य जात्रा इन्द्रजात्रा सकिएको छ । शनिबार वसन्तपुर क्षेत्रमा विधिवत् रूपमा लिंगो ढालेपछि जात्रा सकिएको हो ।
२९ भदौदेखि औपचारिक रूपमा वसन्तपुरस्थित हनुमानढोका क्षेत्रमा सुरु भएको जात्रा अन्तिम दिन महिलाहरूले रथ तानेर समापन गरिएको हो । विगतमा पुरुषहरूले मात्र रथ तान्ने प्रचलन रहेकामा ०६९ देखि महिलाले पनि तान्न थालेका हुन् । जसलाई नेवारी भाषामा नानीचायाः भनिन्छ । शनिबार बेलुकी कुमारीघरमा पुगेर राष्ट्रपतिले कुमारीको दर्शन गरी कुमारीबाट टीका–प्रसादसमेत ग्रहण गरेका छन् । राष्ट्रपति फर्किएपछि लिंगो ढालेर इन्द्रजात्रा समाप्त गरिएको हो ।