चलचित्र 'खुस्मा'को ३ दिनको ग्रस कलेक्सन कति ?

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७९५ दिन अगाडि
चलचित्र 'खुस्मा'को ३ दिनको ग्रस कलेक्सन कति ?

काठमाडौ -  चलचित्र खुस्माले ३ दिनमा साढे २ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको छ।

बिहीबार, शुक्रबार र शनिबार गरेर चलचित्रले २ करोड ५५ लाख रूपैयाँ कलेक्सन गरेको निर्माण पक्षको दाबी रहेको छ ।

 निर्माण पक्षले आइतबार ३ दिनको कलेक्सन विवरण सार्वजनिक गरेको हो।गत बिहीबारदेखि प्रदर्शनमा आएको यो चलचित्रमा धिरज मगर र उपासना सिंह ठकुरी शीर्ष भूमिकामा छन्।

अशोक थापा मगरले फिल्मको लेखन तथा निर्देशन गरेका याे चलचित्रका लागि दर्शक प्रतिक्रिया सकारात्मक हुँदा 'माउथ पब्लिसिटीको' पार्टले ठुलो भूमिका खेलेको देखिएको छ।

मगर समुदायको परिवेशमा निर्माण भएको फिल्ममा जनयुद्धको प्रभावकाबीच अंकुराएको प्रेम विछाेड र वेदनालाई चलचित्रमा देखाइएको छ।

भिडियो पनि हेर्नुहोस्