कांग्रेस–एमालेलाई थ्रेसहोल्ड कट्न नदिने अभियानमा लागेका छौं-मनिष झा

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७९४ दिन अगाडि
कांग्रेस–एमालेलाई थ्रेसहोल्ड कट्न नदिने अभियानमा लागेका छौं-मनिष झा

 काठमाडौ -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले नेपाली कांग्रेस र नेकपा ९एमाले० लाई थ्रेसहोल्ड कट्न नदिने अभियानमा आफूहरू लागेको बताएका छन्।

  उनले १० प्रतिशत थ्रेसहोल्ड राख्ने कुरा आइरहेको बताउँदै त्यसमा रास्वपालाई खासै आपत्ति नरहेको पनि बताए।‘हामी आकलनको भरमा थ्रेसहोल्ड ल्याउँदैछ रे भनेर व्याख्या गर्दैनौं, संयुक्त दस्ताबेज आएको छ ररु संयुक्त  प्रतिवेदन आएको छ ररु छैन नि१,’ न्युज एजेन्सी नेपालसँगको कुराकानीमा रास्वपा सांसदसमेत रहेका झाले भने, ‘उहाँहरूले १० प्रतिशत थ्रेसहोल्ड लिएर आउनु हुन्छ भने पनि हामीलाई खासै फरक पर्दैन। किनभने पहिलो चुनावमै १३ प्रतिशत लिएर आएको हो हामी, त्यसमा हामी चिन्तित छैनौं।’