सुनको मूल्यले बनायो पुन- नयाँ रेकर्ड 

  • नेपाल विशेष
    -नेपाल विशेष
  • ७६४ दिन अगाडि
सुनको मूल्यले बनायो पुन- नयाँ रेकर्ड 

काठमाडौं - नेपाली बजारमा सोमबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य तोलामा चारसय रूपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार छापावाल सुनको मूल्य चार सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै,चाँदीको मूल्य भने सोमबार स्थिर रहेको छ ।  आइतबार प्रतितोला १ हजार ९ सय २० रुपैयाँ कारोवार भएको सुन आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।